कनकाई अनलाईन
झापाको शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष पदमा गठबन्धनका उम्मेद्धार यामनाथ काफ्ले निर्वाचित भएका छन् । काफ्लेले एमाले ओली समुहका रामनरेश शर्मालाई हराएका हुन । गठबन्धन तर्फका उम्मेद्वार याम काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा समेत गठबन्धनकै नरेशकुमार मिश्र विजयी भएका छन् । उनले ५७४ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार कमलप्रसाद तामाङ्गले ५६३ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा ६१५ प्राप्त गरी विष्णुप्रसाद प्रसाई विजेता भएका छन् । सोही पदका अर्का उम्मेद्वार सुवोकुमार शाहले ५१७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी वाणिज्य उपाध्यक्षमा ६५८ मत प्राप्त गरी कृष्णप्रसाद खरेल विजयी भएका छन् ।सोही पदका अर्का उम्मेद्वार मन्दिरा देवी प्रसाईले ४६३ मत प्राप्त गरेकी छिन् । महासचिवमा टंक प्रसाद मैनाली विजयी भएका छन् । उनले ५९६ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार टंकप्रसाद सिटौलालले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उद्योग सचिव पदमा ५५४ मत प्राप्त गरी बेदप्रसाद थपलिया विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वारल योगेश्वर बरालले ५३१ मत प्राप्त गरेका छन् ।
बाणिज्य सचिवमा मेनुकादेवी बास्तोलालाई ७ मतले पछि पार्दै भोजराज ढकाल विजयी भएका छन् । ढकालले ५५७ मत प्राप्त गरे भने कोइरालाले ५५० मत प्राप्त गरेकी छिन् । त्यसैगरी कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् । चौलागाईले ५९८ मत प्राप्त गरेकी छिन् भने सोही पदकी अर्की उम्मेद्वार खनिमाया श्रेष्ठले ५२२ मत प्राप्त गरेकी छन् । सदस्य पदका उम्मेद्वारको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ । १२६० मतदाता भएको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो । सदस्य पदको अन्तिम मत परिणाम आउन बाकी रहेको छ । पदाधिकारीमा केहि पद छाडेर अधिकांस पदमा गठबन्धनका