शरणामती।झापा गाउँपालिका ३,६ र ७ लाई कार्यक्षेत्र बनाई सञ्चालीत रानी सामुदायिक बनमा यति खेर चुनावको चर्चा चुलिएको छ।
भोलि शुक्रबारवार हुने चुनावमा काँग्रेस एक्लैले एमाले र राप्रपा गठबन्धन सँग मुख्य चार पदमा आफ्नो दाबेदारी दिए सँगै चुनावी रौनक तातेको हो।सह-सचिव पद सँगै टोलबाट मुल समिति सदस्य ४ जना निर्विरोध पाएको गठनबन्धनले नेत्रीत्व चलाउने अडानमा गएपछि नेपाली काँग्रेस समेत पछि नहटेको स्रोतले बताएको छ।
गत मंगलबार भएको उम्मेदवारी दर्तामा नेकाबाट अध्यक्षमा नरेन्द्रकुमार आङदम्बे,उपाध्यक्षमा प्रेम गणेश सचिवमा संजीता खड्का र कोषाध्यक्षमा कल्पना कार्कीको उम्मेदवारी रहेको नेकाका झापा गाउँपालिका समितिका उपसभापती सखीचन्द्र ठाकुरले बताए।
त्यस्तै नेकपा एमाले र राप्रपा गठबन्धनबाट अध्यक्षमा रामप्रसाद उप्रेती,उपाध्यक्षमा कुमार बोहोरा,सचिवमा रमा कार्की,कोषाध्यक्षमा सीता भण्डारीको उम्मेदवारी रहेको राप्रपाका झापा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए।
यता माओबादी केन्द्रले भने लेखा संयोजक पदका लागि रामकुमार खरेल र लेखा सदस्यमा टेकेन्द्र बराललाई उम्मेदवारी दिएकोमा माओवादी केन्द्रबाट दुबैजना निर्विरोध चयन भएपछी यिनै दुई पदमा सन्तुष्ट भएको बताइएको छ।लेखा समितिमा तिनजना विधानमा भएकाले स्वतन्त्रबाट एक सदस्य नेत्र कार्की समेत निर्विरोध भए सँगै लेखा समिति छनौट चुनावी प्रक्रियामा गएको छैन।
भोली सुक्रबार हुने चुनाव मा गठबन्धन र नेपाली काँग्रेस बिच अध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्ष र टोल नं १ मा मुल समिति सदस्यका लागि चुनावी भिडन्त हुने निश्चित भएको छ।रानीबनका ७ वटा टोल मध्ये २,३,४,५ भने गठबन्धनले सर्वसम्मत पाएको छ।बाँकी रहेका १,६ र ७ नम्बर टोल सदस्यको को समेत सर्वसम्मत हुन नसके पछि १ नम्बर सदस्यमा एमालेका दिप श्रेष्ठ र नेकाका सकलदेव हलुवाईको चुनावी भिडन्त हुने भएको छ।त्यस्तै ६ नम्बर टोलमा राप्रपाका प्रेमबहादुर कार्की र स्वतन्त्रबाट तोमप्रसाद पनेरुको चुनावी दौड हुने भएको छ।यता ७ नम्बर टोलमा स्वतन्त्र मदन घिमिरे र भिमा प्रसाईंको चुनावी भिडन्त हुनेछ।
रानी बन-एक्लो काँग्रेस कि गठबन्धन?कस्को पल्ला भारी
अघिल्लो चुनावमा ४ जना अध्यक्षका प्रत्यासीलाई हराउँदै चार मतले विजयी बनेका नरेन्द्रकुमार आङ्दम्बे यसपटक पुन: अध्यक्ष पदकै लागि मैदानमा छन् ।यता अघिल्लो चुनावमा चार मतले हारेका रामप्रसाद उप्रेती यसपटक समेत अघिल्लो हारको बद्ला लिने दाउँमा छ।
रोचक कुरा के छ भने अघिल्लो चुनावमा स्वतन्त्रबाट जितेका आङदम्बे यसपटक नेकाबाट उम्मेदवारी दिएपछी उनको जित्ने साहस झन उच्च भएको उनका निकट स्रोत बताउछ।यता चार मतकै झिनो अन्तरले पराजित बनेका उप्रेती गठबन्धनको साहासमा जित्ने दाबीमै छन् ।
चिया पसलमा अहिले चुनावी चर्चा बढेको छ।चर्चा अनुसार साना पद निर्विरोध दिएको नेकाले नेत्रीत्व चलाउने दाँउमा रहेपछि गठबन्धन समेत नेत्रीत्व त्यति सजिलै दिने दाउँमा छैन।यता गठबन्धन मिलेपछि आफ्नो नेत्रीत्वका लागी गठबन्धन चुनावी प्रचार-प्रसारमा तिब्रताका साथ लागेको छ।यता नेका समेत चुनावी प्रसारमा तिब्रताका साथ लागेको छ।अहिले कस्को पल्ला भारी होला त्यो यसै भन्ने स्थिती भने छैन।
८६४ जना मतदाता भएको बनमा कस्को नेत्रीत्व आउँला त्यो त भोलि सुक्रबारको मतदान पछिको मत परिणामले देखाउला।