शरणामती।झापा गाउँपालिकाले ८४ वर्ष भन्दा माथीका जेष्ठ नागरिक र ६१ वर्ष देखि ६९ वर्ष सम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।गाउँपालिकाले मासिक पाँच सय रुपैयाँका दरले वर्षको छ हजार रुपैयाँ एकैचोटी वितरण गरेको हो।
गाउँपालिकाका ८४ वर्ष माथीका १५७ जना जेष्ठ नागरिकहरु र करिव ६० जना एकल पुरुषलाई भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण साखाका एमआइएस अपरेटर रोहित कर्णले बताए।
८४ वर्ष माथीका जेष्ठ नागरिक गाउँपालिकाका गहना हुन भन्दै ससम्मान भत्ता वितरण गरिएको पालिका अध्यक्ष जयनारायण साहले बताए।´गाउँपालिकाले मासिक ५०० रुपैयाँबाट भत्ता वितरण सुरु गरेको छ,यो सुरुवात मात्र हो एकदिन धेरै हुनेछ`उनले भने।बिबाह गरेर विदुर भएका एकल पुरुषलाई समेत आर्थिक समस्यामा केही टेवा पुगोस भनेर भत्ता वितरण गरिएको उनले सुनाए।
एक कार्यक्रमका विच गरिएको भत्ता वितरण कार्यक्रमको अध्यक्षता वडा नम्बर ६ का वडाध्यक्ष हरिबहादुर बानीयाँले गरेका थिए।त्यस्तै प्रमुख अतिथि अध्यक्ष साह रहेका थिए।वडा सचिव पुर्णचन्द्र मैनालीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मोहन पोखरेलले राखेका थिए।