शरणामती।झापा गाउँपालिकामा रहेको रानी सामुदायिक बनको चुनावी माहौल सुरु भएको छ।निबर्तमान समितिको तीन वर्षे कार्यकालको अवधी सकिएपछी नयाँ कार्यसमिति छनौटका लागि चुनावी माहौल सुरु भएको हो।
निर्वाचन समितिले चुनावी कार्यतालीका प्रकाशीत गर्दै फागुन ८ गते मतादाताको नामावली प्रकाशीत गरिसकेको छ।झापा गाउँपालिका वडा ३,६ र ७ लाई कार्यक्षेत्र बनाई सञ्चालित सामुदायिक बनमा करिव ९३५ मतदाता रहेको निर्वाचन समितिका संयोजक केशब बजगाईंले बताए।उनका अनुसार निर्वाचन कार्यतालिकामा फागुन ९ गते मतादाताको नामावली दावी विरोध पश्चात् अपरान्ह ४ बजे अन्तिम मतदाताको नाम प्रकाशन गरिनेछ।त्यस्तै १० गते बिहान १० बजे देखि १ बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यतालीका रहेको छ भने सोही दिन १ बजे देखि ३ बजे सम्म उम्मेदवारी माथी दावी बिरोध गर्ने तालीका रहेको छ।
फागुन १० गते ४ बजे उम्मेदवारी दावी विरोध पछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र ४ बजे पश्चात् उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ।निर्वाचन कार्यतालीका अनुसार फागुन १३ गते ८ बजे देखि मतदानको कार्यक्रम रहेको संयोजक बजगाईंले बताए।