शरणामती।झापाको दक्षिणी भेग झापा गाउँपालिकामा क्याम्पस बनाउने अभियानले तिव्रता पाएको छ।पालिकाका मावि तहका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि पालिका बाहिर जानू पर्ने बाध्यता अन्त्यका लागि झापामै सामुदायिक स्तरको क्याम्पस खोल्न लागिएको हो।
झापा गाउँपालिका प्रमुख जयनारायण साहको संयोजकत्वमा गठित तदर्थ समितिले दुई उप-समितिहरु विधान मस्यौदा उप- समिती र स्रोत व्यवस्थापन उप-समिति निर्माण गरि काम थालेको छ।शिक्षा साखा प्रमुख जीवन प्रसाद ढकालको संयोजकत्वमा गठित जगरनाथ राजबंशी,मनोज ताम्ली,रोहित पोद्दार र तुलाराम बस्नेत,टिका जमरकट्टेल सहितको ६ सदस्यीय विधान मस्यौदा उप-समितिले विभिन्न स्थानीय तहमा सञ्चालित क्याम्पसको विधान अध्ययन गरि विधान मस्यौदा माथि सुझाव संकलन समेत गरेको छ।
स्थानीय विद्यालयका प्रअ,शिक्षक शिक्षिका तथा शिक्षाप्रेमी सँग सुझाव सङ्कलनका क्रममा झापामा खोलिने क्याम्पसको नाम “झापा बहुमुखी क्याम्पस” राख्न सुझाएको मस्यौदा समितिका संयोजक ढकालले बताए।हामीले विधान मस्यौदा माथि सुझाव संकलन गर्दैछु,चाडै नै सबै कागजात तयार पारेर त्रिभुवन विश्व विद्यालय सँग सम्बन्धन प्राप्त गर्न जाने तयारी रहेको उनले बताए।
विधान मस्यौदा समितिले क्याम्पस सभा,संचालक समिति,पदेन सदस्य हरुका सम्बन्धमा समेत सुझाव संकलन गरेको छ।क्यापस निर्माण पूर्व र निर्माण भइसकेपछिका चन्दादाताको समेत वर्गिकरण गर्दै आवश्यक सुझाव संकलन गरेको छ।साथै क्याम्पसमा कुन-कुन सङ्कायमा अध्ययन गराउने विषयमा समेत छलफल गरिएको र अहिले मानविकी,व्यवस्थापन,शिक्षा विषयमा प्रस्ताव आएको ढकालले बताए।
मस्यौदा समितिका सदस्य मनोज ताम्लीले झापा गाउँपालिकामा क्याम्पस निर्माणको अवधारणा अपरिहार्य रहेको बताए।११/१२ अध्ययन पछि स्नातक तह अध्ययनका लागि छिमेकी पालिकामा धाउनु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यका लागि सामुदायिक स्तरको क्याम्पस निर्माणमा पहल गरिएको बताए।उनले विधान तथा मस्यौदा समितिको कार्यक्रम माथि प्रकाश पार्दै पाँच वर्ष सम्म क्याम्पस चलाउने प्रतिबद्धता झापा गाउँपालिका प्रमुख जयनारायण साहले गरेकाले यस विषयमा समुदाय नै लाग्न जरुरी रहेको प्रस्ट पारे।