शरणामती।झापाको झापा बजार स्थाई घर भै हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने नेपाली युवा विशाल भारतीले
“सर्वोत्कृष्ट स्वयंसेवक पुरस्कार” जितेका छन्।उनले आफु कार्यरत वेल्स फार्गो बैंकका हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै वर्ष २०२१ को “सर्वोत्कृष्ट स्वयंसेवक पुरस्कार” जितेका हुन् ।
विश्वको वित्तीय बजार पुँजीकरणमा अग्रणी स्थानमा रहेको उक्त बैंकको म्यानेजर पदमा बिगत दश वर्ष देखि कार्यरत भारतीले उक्त अवार्ड सहित अमेरिकन एक हजार पाँच सय डलर हात पारेका छन् । समुदायमा विशिष्ट सामाजिक योगदान पुर्याए बापत बैंकले प्रदान गर्ने उक्त पुरस्कार भारतीले यस वर्ष कम्पनीका हजारौं प्रतिस्पर्धीलाई उछिन्दै हात पारेका हुन।
गत वर्ष कोरोना कहरमा देशमा अक्सिजन अभाव भइरहेको बेला भारतीकै पहलमा अमेरिकाबाट सबै भन्दा पहिले ५ वटा प्रदेशका बिभिन्न अस्पतालहरूमा २१ वटा अक्सिजन मेसिन पठाएका थिए।
अमेरिकाको विभिन्न नेपाली संस्थाहरूमा निर्विरोध रुपमा चुनिने उनी अमेरिकामा नेपाली मात्रै नभएर दक्षिण एसियाली मूलका मानिसहरूलाई समेत सहयोग गर्ने गर्दछन। बिगत ५ वर्ष देखि निशुल्क कर दाखिला अभियान सञ्चालन गर्दै आएका भारतीले यस वर्ष १०० जना भन्दा बढीलाई निशुल्क कर दाखिला गर्दिएका छन् । गत महिना मात्रै प्रवासमा मजदुर गर्ने क्रममा बिरामी भई उपचार गर्न पैसा नभएका २ जना नेपालीहरूलाई उनकै पहलमा विभिन्न अभियान चलाई उपचार खर्च उठाई निको पारेका थिए ।
यतीखेर उनी भारतको गुजरातमा मजदुरी गर्ने एक नेपाली युवक जो कामको शिलशिलामा लडेर बेहोस भइ एक हात र खुट्टा नचल्ने अवस्थामा लडिरहेका उनको उपचारको लागि अन्तराष्ट्रिय नेपाली सहयोग अभियान चलाई रहेका छन। सोही क्रममा १७ वटा देशमा वसोबास गर्ने नेपालीहरु यस अभियानमा जोडी सकेको भारतीले बताए। गरीब दु:खीहरुको मुहारमा उज्यालो हासो खुशी ल्याउन पाउदा आनन्द आउने बताउने भारतीले आफुले पुरस्कार बापत प्राप्त गरेको अमेरीकी डलर पनि अन्य सामाजिक अभियानमा खर्चिने बताए।