दमक : झापाको दमक ५ मा विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
आज दिउँसो करिब ११:१५ तिर शंकास्पद बस्तु देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त शंकास्पद बस्तु होक्स (AOD) भएको नेपाली सेनाको डिस्पोजल टोलिको भनाई छ । नेपाली सेनाको श्री २१ न बाहिनी गणको बम डिस्पोजल टोलीले उक्त पदार्थ डिस्पोज गरेको जनाईएको छ ।
उक्त स्थानमा हिमाल सुरक्षा परीषदको नाममा पर्चा भेटिएकाे ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरिका अनुसार बिस्पोटक पदार्थ सहित कुकर ,केही पर्चा समेत फेला परेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे बताइएकाे छ । जिल्लामा एकपछि अर्को गर्दै यसरी संकास्पद वस्तु भेटिदैँ गएपछि समग्र जिल्लाकै सुरक्षा व्यवस्थामा चुनौती देखिएको छ ।