कामाटोली।झापा गाउँपालिकाको दशौं गाउँसभा सुरु भएको छ। ‘झापा गाउँपालिकाको दृष्टि कृषि ,स्वास्थ्य पुर्वाधार मार्फत समृद्धि’ नारा तय गरी अघि बढिरहेको गाउँपालिकाको दशौं गाउँसभा सुक्रबार देखी सुरु भएको हो।
गाउँसभामा चालू आर्थिक वर्ष २०७८/७९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिका प्रमुख जयनारायण साहले असार १० गतेका दिन नवौं गाउँसभाले ल्याएको रु ४५ करोड ७४ लाख ५ हजार ५ सयको बजेट मार्फत विभिन्न कार्यक्रम तथा योजनाहरु यस झापा गाउँपालिकाको ७ वटै वडाहरुमा संचालन हुँदै आएको बताएका छन।
सभाध्यक्ष साहले गाउँसभामा शिक्षा,प्रधानमन्त्री रोजगार कार्यक्रम,जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा तर्फ,पुर्वाधार विकास,कृषि विकास,स्वास्थ्य,ऐन नियम तथा कानुन तर्जुमा तर्फ भएका प्रगतीहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभामा उनले गाउँपालिकाले गौरबको आयोजना मार्फत रहेको सम्पुर्ण कार्यक्रमहरु ठेक्का प्रक्रियामा गैसकेको अवस्थामा छ भने गत आ.वमा लागेका प्रशासनिक भवनहरु निर्माण सम्पन्न भई केही कार्यालयको समुद्घाटन भएको र अन्य भवनहरु पनि माघ महिना भित्रै उद्घाटन गरिने अवस्थामा रहेको बताए।
यसैगरी कृषि तर्फ चालू आर्थिक वर्षमा ९२ वटा कृषक समूह दर्ता भएको र १७ वटा सहकारी मार्फत रसायनिक मल वितरण गरिएको र ३८२८ केजी मकैको बीउ तथा ३५० बोरा आलुको बीउ समेत बितरण गरिएको बताए।
यसैगरी शिक्षा तर्फ आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा थप ४१ वटा शिक्षक दरबन्दी स्वीकृत भई व्यवस्थापन गरिएको साहले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।त्यस्तै कक्षा ११ र १२ लाई निशुल्क शिक्षा प्रदान गरिएको छ।हाल सम्म ६०० भन्दा बढी छात्राहरुलाई साइकल वितरण गरिएको साहले बताए।
उनका अनुसार गाउँपालिकाको ७ वटै वडामा इन्टरनेट सेवा विस्तार,कम्प्युटर सुविधा सहित प्रविधीमैत्री शिक्षण क्रियाकलाप संचालन गरिएको छ।२०७८/०७९ मा १२ वटा विद्यालयलाई थप कक्षा संचालन गर्न अनुमती प्रदान गरेको उनको भनाई छ।
उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अस्वस्थ्यताका कारण उपस्थित हुन नसकेपछि साहले प्रतिवेदन प्रस्तुत गरेका हुन।