३० पुष , झापा/
झापाको गौरादह नगरपालिका वडा न ३ निवासी स्थानिय तीनजना नाबलकहरु बेपत्ता भएकाछ्न ।
गौरादह नगरपालिका वडा न ३ स्थित बरगाछि टोलबाट बिहिबार बेलुका करिब ४:०० बजे देखि उनिहरुबेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा स्थानिय श्री प्रसाद राजवंशीका करिब १० बर्सिय छोरा आयुष राजवंशी , त्यसैगरि सोही स्थानमा बसोबास रहेका स्थानिय राहुल पराजुलिका छोराहरु करिब १२ बर्षका बिबेक पराजुली र ११ बर्षका विशाल पराजुली रहेको स्थानिय मन्जु माझिले जानकारी गराएकी छ्न ।
एक्कासी हिजो बिहिबार बेलुका करिब ४:०० बजेको समय देखि उनिहरु बेपत्ता भएकाहुन।
बेपत्ता बालकहरु आज सुक्रबार अबेर सम्मपनि फेला नपरेकोले उनिहरुको खोजी कार्य गरिदिन अभिभावकहरुले अपिल गरेका छ्न ।
निज बेपत्ता बालकहरुलाइ देख्नुहुने जो-कोहि महानुभाबहरुले नजिकको ईलाका प्रहरी कार्यालयमा बुझाइदिनु हुन वा अभिभाबकको सम्पर्क नम्बर ९८२५०६९३६९ मा खबर गरि सहयोग पुर्याइदिन अभिभाबकहरुले अपिल गरेकाछ्न ।