झिलझिले / झापाको झिलझिलेमा निर्माण भएको वाटर किङडम पार्कको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर आउने भएका छन् ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गिको चाजो पाजो मिलाएका छन् । बग्गीको अघिल्तिर नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकी हुने पार्क सञ्चालकले कार्यतालिका बनाएको छ । कोरोना महामारीका कारण २ वर्ष देखि पार्क सञ्चालन भएपनि औपचारिक उद्घाटन हुन पाएको थिएन ।
यसअघि पनि ओली प्रधानमन्त्री भएको बेला पार्क उद्घाटनको कार्यतालिका बनेको थियो । कोरोनाका कारण तत्कालीन प्रधानमंत्री ओली आउन नसक्ने भएपछि सो कार्यक्रम स्थगित गरिएको थियो । ५० करोडको लागतमा निर्माण भएको सो पार्कको ओलीले पुस २५ गते भव्य कार्यक्रमको बीच उद्घाटन गर्ने छन् । यसको सिलन्यास झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय संसद एलपी सावाँ लिम्बूले गरेका थिए ।
विराटनगर एयरपोर्टबाट ओली आफू निर्वाचित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ को कार्यक्रममा बिहान १० बजे सहभागी हुन आउने छन् । १२ बजे देखि शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ झिलझिलेमा रहेको पार्क ताम्रपत्र अनावरण गरेर उद्घाटन गर्ने छन् ।
त्यसपछि ओलीले २ सय मिटर लामो र ५८ फिट उचाइको जिपलाईन खेल्ने पार्कका व्यवस्थापन प्रमुख सौजन संग्रौलाले बताए । उनका अनुसार त्यसपछि उनले सुभकामना मन्तव्य राख्नेछन् । वाटर किङडम पार्कमा घुमफिर गरेर टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या दिनहुँ बढेको संचालकले बताएका छन् । सामाजिक सञ्जाल टिकटकको लागि भिडियो र फेसबुकको लागि सेल्फी लिने ठाउँ निर्माण भएकोले पार्कले दर्शक बटुल्न सफल भएको छ ।
पार्कमा आउने हरेक पर्यटकको रोजाइ पानीको फोहोरा, विभिन्न भाषा धर्मका डर्मीसँग र पार्क छेउको फुलबारीमा तस्बीर खिच्ने हुन्छ । योसंगै उक्त पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइकिलिङले पनि पर्यटकको मन लोभ्याउन सफल भएको पार्कका कार्यकारी व्यवस्थापक संग्रौलाले बताए । उनले भने,‘ बिबाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाँउ वाटर किङडम पार्क हो ।’
पार्कमा पानीमा मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल पनि छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टीलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । यो सँगै आंतरिक तथा बहिय पर्यटकका लागि आवश्यकता अनुसार का आवास रूम पनि पार्क भित्र छन् ।
५० करोडको लागतमा निर्माण भएको झिलझिलेको वाटर किङ्डम पार्क । तस्बिर: विनोद सापकाेटा