कनकाई अनलाईन
नयाँ बर्ष २०२२ को अवशरमा सुरुङ्गास्थित होटल क्वीन प्यालेसमा नेपालका माइकल ज्याक्सन उपनामले परिचित धीरज राईले एकल साँझ कार्यक्रम सम्पन्न भएको छ ।
राईले होटलमा उपस्थित पाहुनाहरुका लागि आफ्ना चर्चित नयाँ पुराना पप र्याप गितहरु लुकी लुकी लगायातका दर्जन वढी गितहरु गाएर मनोरञ्जन दिएका थिए ।
होटल क्वीन प्यालेस परिवारले धिरज राईलाई सम्मान समेत गरेको थियो । होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले गायक राईलाई सम्मान गर्नुभएको थियो । पप गित संगितका माध्यमबाट देश विदेशमा वुद्ध नेपालमा जन्मिएका हुन लगायातका राष्ट्रिय अभियान संचालन गरेको भन्दै गायक राईलाई सम्मान गरिएको होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले बताउँनुभयो ।
कार्यक्रममा स्थानीय चर्चित अन्य कलाकारहरुको समेत विशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा पत्रकार अनुप भण्डारीले संचालन गर्नुभएको थियो । कार्यक्रममा नेपालका चर्चित टेलिभिजन प्रस्तोता दिपेन भेटवालको समेत विशेष उपस्थिति रहेको थियो ।