कनकाई अनलाईन
सुरुङ्गा । कनकाई मावि एसएलसी समुह २०५७ समुहद्धारा आफुलाई अध्यापन गराउने शिक्षक शिक्षिकालाई सम्मान गरेका छन ।
आफुलाई कक्षा ९ र १० मा अध्यापन गराउने शिक्षकशिक्षिकाहरु तत्कालिन प्रअ कोमलप्रसाद पोखरेल, सहायक प्रअ बुद्धदेवप्र्रसाद घिमिरे,पुर्वप्रअहरु इश्वरीप्रसाद शिवाकोटी, आशाशर्मा शिवाकोटी,निर्मलकुमार खतिवडा,चन्द्रमणि हुमागाई, कुशुम घिमिरे, नरेन्द्र खरेल,चन्द्रप्रसाद शिवाकोटी, अम्बिका उप्रेती, गोविन्द डाँगी लगायातलाई सम्मान गरिएको हो ।
साहित्यकार तथा तत्कालिन प्रअ कोमलप्रसाद पोखरेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले गित, गजल नृत्य प्रस्तुत गरेका थिए । पुर्वको पर्यटकिय स्थल धनुषकोटीधाममा आयोजित कार्यक्रममा पुर्न दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा एसएलसी समुह २०५७ समुह गठन गरिएको छ । समितिको उपाध्यक्षमा कृष्ण थापा, सचिवमा भीष्म कट्टेल, कोषाध्यक्षमा लीला पाठक ढकाल लगायात रहेका छन ।