कुमरखोद,मंसिर ११।झापाको झापा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आज शनिबार भएको गाउँ सम्मेलनले अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
माओवादी केन्द्रको भेलाले अध्यक्षमा रुद्र बजगाई,सचिवमा खड्ग बस्नेत र कोषाध्यक्षमा यसोमती बान्तवा राईलाई सर्वसम्मत गरेको हो।शिर्ष ५ पदका लागि तीन पदको टुङ्गो लागेपनि उपाध्यक्ष र उप-सचिवमा भने सर्वसम्मत हुन नसकेको निर्वाचन समितिका संयोजक सुन्दरलाल गणेशले बताए।तीन उपाध्यक्ष र एक उप-सचिवका लागि नेतृत्व सर्वसम्मत हुन सकेको छैन उनले भने।केन्द्रको गाउँपालिकामा अब नयाँ बन्ने कमिटि ५५ सदस्यीय हुनेछ।
रुद्र बजगाईंको अध्यक्षता र प्रदेश नं १ कमिटिका सदस्य ज्योतीसिंह दर्लामीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रथम गाउँ सम्मेलनमा संविधान सभा सदस्य तथा माओवादी केन्द्रकी नेत्री पुजा खनाल लगायतको उपस्थिती रहेको थियो।