कामाटोली,मंसीर २।झापा गाउँपालिका-३ कामाटोलीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले संस्थाका सदस्य समेत रहेका चन्द्र प्रसाद बस्नेत सहित १५ जना कृषकलाई सम्मान गरेको छ।संस्थाले बुधबार दशौं साधारण सभा गर्दै कृषकलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा झापा-३ का बस्नेतले उत्कृष्ट युवा उद्यमीको सम्मान पाएका छन।त्यस्तै झापा-३ कि जेष्ठ नागरिक नरमाया लिम्बू,झापा-३ मै बगरमा तरकारी खेती गर्ने राजकुमारी गणेश,झापा-४ मा तरकारी खेती गर्ने भिम प्रसाद गणेश,झापा-४ कि तरकारी खेती गर्ने देवकी कुमारी गणेश,उत्कृष्ट मकैबाली खेतीमा झापा-४ का अताउर रहमान,झापा-३ का अखतरा बिबी,झापा-४ कि सेरिना खातुन,झापा-४ का सलेहा बिबी,झापा-३ कि महरबती गणेश,उत्कृष्ट समूह अन्तर्गत झापा-३ कि भोमादेवी खत्री,कुखुरा पालन तर्फ झापा-३ कि रेनुका सञ्जेल,अन्नबाली तर्फ झापा-४ कि झुमरी किस्कु,गाईपालन तर्फ भिम कुमार खत्री र बंगुरपालन तर्फ झापा -३ कि सिता देवी सुब्बालाई संस्थाले सम्मान गरेको छ।
संस्थाका अध्यक्ष केशब कटुवालको अध्यक्षता तथा नेपाल कृषि केन्द्र संघकि उपाध्यक्ष मिना कुमारी ढकालको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा कृषकहरुलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो।