युवराज रेग्मी
कार्तिक २८, झापा /
पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्दिको बिरोध गर्दै झापाको गौरादहमा शनिबार साझ नेबिसंघ- तरुण दल संयुक्त आल्दोलन समिति द्वारा मुल्यबृद्धिका कारण जनमानसको दैनिक जिवनमा परिरहेको प्रत्यक्ष असरप्रति सरकारलाई ध्यानाकर्षण गराउदै मुल्यबृद्धि अविलम्ब फिर्ता गराउन दवावमुलक बिरोध कार्यक्रम गरेको छ ।
गौरादहको डिपु चोकमा आयोजित युबा तरुणहरुको समुहले जनतालाई मुल्यबृद्धिको भारबाट मुक्तगराई तत्काल जनजिवन सहज गराउन पार्टिको उपल्लो नेतृत्वलाई ध्यानाकर्षण गराउदै मूल्य वृद्धिको बिरोधमा उत्रिएका हुन ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युबा बिध्यार्थी नेता दिलिप बाबू सिवाले तरुण-युवाहरु नितिगत गल्तिलाई सच्याउने सवालमा सधै सचेत रहेको बताएका थिए ।
सम्बोधनकै क्रममा ‘सरकारका गल्ती कमजोरिलाइ खबरदारि गर्ने सन्देश सडकबाटनै दिन चाहान्छौ ` भन्दै बिरोध कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल र डिजलमा प्रती लि. ३ रुपैयाँ मूल्यवृद्धि गरि पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ , डिजल ११९ रुपैयाँ कायम गरेको छ ।
त्यसैगरि ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरि १५७५ रुपैयाँ कायम गरेको छ ।
मूल्य वृद्धिको बिरोधमा सर्बस्त्र आवाज आइरहदा नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताउदै गर्दा प्रबक्ताले दिएको अभिब्यक्तिको बिरोध गर्दै मूल्यवृद्धि फिर्ता नगरे चरण बद्द आन्दोलन गर्ने युवा तरुणहरुले बताएका थिए ।