केशब चापागाईं
शरणामती,कार्तिक २७।झापाको झापा गाउँपालिका-७ शिवशान्ती टोलका सुकलाल हेमरमले नयाँ पक्की घर पाएका छन।देश-बिदेशबाट दाताहरुले सहयोग गरेर उनलाई पक्की घर निर्माण गरिएको हो।
गत असोज १ गते कनकाई साप्ताहिक तथा कनकाई अनलाइनमा “आगलागी भएर घरको छानो सँगै उड्यो सुकलालको बास” शिर्षकको समाचार प्रकाशित भएपछि दाताहरु आर्थिक सहयोग गर्न तम्सिएका थिए।त्यसपछि सुकलालको घर निर्माणमा सुब्रतचन्द्र राईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको थियो।उक्त समितिले करिब डेढ महिना भित्रमा पक्की घर निर्माण गरि सुकलाल दम्पतीलाई हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रममा समितिले हेमरमको अगाडि बरण्डा निस्केको दुई कोठे पक्की घर बनाउन कुल खर्च-१ लाख ५१ हजार ४८० रुपैयाँ भएको जनाएको छ।त्यस्तै दाताहरुबाट संकलन रकम १ लाख ४२ हजार ५६१ रहेको घर निर्माण समितिका संयोजक सुब्रतचन्द्र राईले बताए।अपुग रकम ८ हजार ९१९ रुपैयाँ भएकोले विभिन्न दाताहरुबाट आउने क्रम जारी रहेको समितिका सदस्य काजी राउतले बताएका छन।
गत असोज १ गते शुक्रबार दिउँसो २.३० बजे खाना बनाउन नेहा हेमरम चुल्होमा आगो बाल्दै थिइन। नजिकै रहेको मकैको खोसेलाको दाउरा हाल्दै आगो बालेकी थिइन नेहाले। त्यही खोसेलाको आगो नै नेहा र सुकलालको बास उजाड्ने माध्यम बनेको थियो।
झापा-७ मा पर्ने सानो माई नदीको किनारमा एउटा घर टेकाउने जमिन ओगटेर बाँसका खुट्टी र खरको छानो हालेर दुःखसुख सुकलालले ओत लाग्ने घर बनाएका थिए। नेहालाई त्यही घरमा भित्राएको एक वर्ष भयो।उनीहरुको बासै छिनियो, बल्ल बल्ल किनेका ओछ्यान र राखेका वस्त्र समेत पापी आगोले डढायो। ‘बल्ल बल्ल घर बनाएको थिए त्यो पनि आगलागी भयो त्यसबेला सुकलालले भनेका थिए खान समेत धौधौ पर्छ अब कसरी घर बनाउने।`तर अहिले उनी खुसी छन उनलाई धेरै ब्याक्तीहरुले सहयोग संकलन गरेर घर बनाइदिएका छन।
सुकलालको घर बनाउन सहयोग गर्ने दाताहरुको नामावली