शरणामती,कार्तिक २५।झापा गाउँपालिकामा जारी नेकपा एमालेको पालिका अधिबेशन सर्वसम्मत हुन नसकेपछी आज बिहिबार भएको निर्चाचनमा अध्यक्ष पदमा गजेन्द्र ताम्ली निर्वाचित भएका छन।
अध्यक्ष पदका उम्मेदवारहरु रंगलाल दाहाल र जयप्रसाद सेडाईँलाई पछी पार्दै ताम्ली बिजयी भएका हुन।ताम्लीले २११ मत ल्याए भने दाहालले ७५ मत ल्याए।त्यस्तै सेडाईंले ८ मत ल्याएको निर्वाचन समितिका सदस्य मोहन पोखरेलले बताए।
त्यस्तै सचिव पदमा भिम बहादुर रिजाल बिजयी भएका छन।उनले माधब पोखरेलको ९५ र मोहन ओलीको ८७ मतलाई पछी पार्दै १०४ मत ल्याएर सचिव पदमा निर्वाचित भएका छन।
झापा गाउँपालिकामा भएको प्रतिनिधि मुलक निर्वाचनमा ३२३ मतदातामा जम्मा २९८ जनाले मत खसालेका थिए।