शरणामती,कार्तिक २५।झापा गाउँपालिकामा जारी पालिका अधिवेशनमा सर्वसम्मत हुन नसकेपछी सचिव र अध्यक्ष पदका लागि चुनाव भएको छ।
आज बिहिबार भएको प्रतिनिधि मुलक चुनावमा ३२३ जना मतदातामा २९८ जनाले मतदान गरेको निर्वाचन समितिका सदस्य मोहन पोखरेलले बताए।डिल्लीराज मावी र जनता माविमा भएको चुनाबको मतपेटीका ६ नं वडा कार्यालयमा ल्याइए सँगै मत गणना समेत सुरु गरिएको छ।
निर्वाचनमा सचिव पदका लागि ३ जना होमिएका छन।सचिव पदका आकांक्षी माधब पोखरेल,मोहन प्रसाद ओली,भिम बहादुर रिजाल रहेका छन।त्यस्तै अध्यक्ष पदका लागि गजेन्द्र ताम्ली,रंगलाल दाहाल र जयप्रसाद सेडाईं चुनावी मैदानमा होमिएका छन।
अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएपनी उपाध्यक्ष र उप-सचिव पदमा भने सर्वसम्मत भएको थियो।उपाध्यक्षमा गौरीसंकर राजबंशी र उप-सचिवमा साजेमान सेख र देबीमायाँ अधिकारी सर्वसम्मत भएका हुन।