शरणामती,कार्तिक २५।झापा गाउँपालिकामा जारी पालिका अधिवेशनमा सर्वसम्मत हुन नसकेपछी सचिव र अध्यक्ष पदका लागि चुनाव हुने भएको छ।
आज बिहिबार हुने चुनावमा सचिव पदका लागि ३ जना होमिएका छन।सचिव पदका आकांक्षी माधब पोखरेल,मोहन प्रसाद ओली,भिम बहादुर रिजाल रहेका छन।त्यस्तै अध्यक्ष पदका लागि मनोज ताम्ली ,गजेन्द्र ताम्ली,रंगलाल दाहाल,सुब्रतचन्द्र राई र जयप्रसाद सेडाईं रहेकोमा राई र मनोज ताम्ली ब्याक हटेका छन भने तीन जना आकांक्षी चुनावी मैदानमा गएका छन।
निर्वाचन वडा नं १,२,३ र ४ को डिल्लिराज मा बि केन्द्र र वडा नं. ५, ६ र ७ को जनता मा बि केन्द्रमा बिहान १०:०० बजे देखि ( प्रतिनिधि मुलक ) निर्वाचन हुने निर्वाचन समितिका सदस्य मोहन पोखरेलले बताए।प्रतिनिधि मुलक निर्वाचनमा ३२३ मतदाताले अध्यक्ष र सचिव पदका लागि उम्मेद्वार चुन्ने छन।फाइल तस्बिर