केशब चापागाईं
झापा,कार्तिक २४।जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी अल इन वान सैनीकमोडले हात पारेको छ।तिहार र छठ पर्वको अवसर पारेर स्थानीय सडकबारीको खेल मैदानमा जारी प्रतियोगितामा सैनीकले जलथल फुटबल क्लबलाई पराजित गर्दै उपाधी रक्षा गरेको हो।
फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछी ट्राइब्रेकरमा भएको खेलमा जलथललाई ४-३ को गोलान्तरले सैनीकमोडले उपाधी कब्जा गरेको छ।दुबै टिमको प्रतिषपर्धात्मक खेलमा जलथलका कर्ण लिम्बुले चौधौं मिनेटमै खाता खोलेका थिए।खेलमा पहिलो गोलको जवाफ दिन अलइन वान समेत आक्रामक बनेको थियो।खेलको २७ औं मिनेटमा अलइन वानका अशीष गुरुङले एक गोल लगाउँदै खेल बराबरीमा ल्याएका थिए।त्यसपछी भने दुबै टिमबाट खेल आक्रामक बनेपनी कुनै गोल हुन सकेन।
खेलमा बिजेता बनेको अलइन वानले ५० हजार नौ सय ९९ नगद सहित ट्रफी,मेडल,प्रमाण पत्र प्राप्त गरेको छ।यस्तै उपबिजेता बनेको जलथलले ३० हजार नौ सय ९९ नगद सहित ट्रफी,मेडल,प्रमाण पत्रमा चित्त बुझाएको छ।खेलमा हाइस्कोरर जलथलका कर्ण लिम्बू घोषित भए भने म्यान अफदी म्याच सैनीकमोडका गोल रक्षक बिप्लब गुरुङ्ग घोषीत भए।त्यस्तै प्ले अफदी टुनामेन्टमा सैनिककै राजकुमार कन्दङ्वा घोषीत भए।
क्लबका अध्यक्ष बाबुराम लिम्वुको अध्यक्षता र झापा गाउँपालिकाका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलमा सामाजिक अगुवा साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
गत २१ गते देखि सुरु भएको खुल्ला नकाउट प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागिता जनाएका थिए।