शरणामती,कार्तिक १६।झापाको झापा गाउँपालिका-६ शरणामती स्थित भृकुटी आधारभुत विद्यालयमा बाल उद्यान वातावरण मैत्री फूलबारीको निर्माण गरिएको छ।स्थानीय,शिक्षक,विद्यार्थी साथै वडा कार्यालयको सहयोगमा उक्त फूलबारीको निर्माण गरिएको हो।
आज मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पालिका प्रमुख जयनारायण साहले सो फूलबारीको उद्घाटन गर्नु भएको थियो।उद्घाटनका क्रममा साहले भृकुटी आधारभुत विद्यालयलाई चाडै माध्यमिक बनाउने योजना समेत रहेको जानकारी दिनुभयो।
पछिल्लो समय विद्यालयले वातावरण मैत्री बन्न अभ्यास थालेको प्राध्यापक मदन कुमार भण्डारीले बताउनु भयो।उद्यान निर्माणमा स्थानीय,शिक्षक विद्यार्थीबाट १ लाख र वडा कार्यालयबाट १ लाख ५० हजार सहित करिव २ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भण्डारीले जानकारी दिनुभयो।