शरणामती,कार्तिक १२।झापा गाउँपालिका नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिमा नेतृत्व गर्न इच्छुक बढेपछी सहमती हुन सकेको छैन।समय थप गर्दै स्थगित भएको अधिवेशनमा सर्वसम्मतको प्रयास जारी रहेको एमाले नेताहरूले बताएका छन।
सहमती खोज्न आज सुक्रबार बसेको एमाले भेलाले शिर्ष ४ पदका लागी पहिलो सहमती जुटाएको छ ।भेलाले उपसचिव पदमा दुइ जनाको नेतृत्व सर्वसम्मत बनाउन सफल भएको छ।उप सचिव पदमा देविमायाँ कोइराला र साजेमान सेख सर्वसम्मत भएका छन् ।अन्य पदका लागी सहमतिको कोसिस जारी रहेको निर्वाचन मण्डलीका सदस्य मोहन पोखरेलले बताए ।भोलि एक दिनको लागि सहमतिको थप म्याद कायम गरियो,सहजीकरण उप समितिले हामीलाई समय पुगेन १ दिन थप समय दिनु पर्यो भन्ने सुझाव आएकोले सोही अनुसार भरसक चुनावमा जानू नपरोस् भनेर समय थप गरेका हौ उनले भने ।
झापा गाउँपालिका कमिटीमा शीर्ष ४ पदमा ५ जनाका लागी १७ जनाको उम्मेदवारी परेको छ ।जसमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सुब्रतचन्द्र राईले मनोज ताम्ली लिम्बुलाई समर्थन गर्दै हिजो बिहिबार आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।अहिले अध्यक्षका लागी ४ जनाको दावेदारी कायमै रहेको छ ।त्यस्तै उपाध्यक्ष पदका लागी ४ जना,सचिवका लागी ३ जनाको उम्मेदवारी कायमै रहेको छ भने उपसचिवका लागी ५ जनाले उम्मेदवारी दर्ता गरेकामा सहमती भैसकेको छ ।
झापा गाउँपालिकामा एमालेका सक्रिय कार्यकर्ता ९३८ जना रहेका छन् ।