शरणामती,असोज १५।झापा गाउँपालिकामा जारी “दिलमाया स्मृति कप फुटबल प्रतियोगिता”को छनौट खेल आज सुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको छ।
प्रारम्भिक छनौट समितिका संयोजक सनित राईको अध्यक्षता तथा वडा ७ का वडाध्यक्ष नेत्र प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा दिलमाया स्मृति कपका खेल व्यवस्थापन समितिका संयोजक गजेन्द्र ताम्ली लिम्बू साथै स्थानिय समाजसेवी,सुरक्षाकर्मी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।
मंगलबार देखि जारी छनौट खेलमा दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको उत्कृष्ट आठ भित्र पर्न सफल वडा ६ र ७ लाई अतिथिहरुले बधाई तथा अग्रिम शुभकामना दिएका छन।
समापन कार्यक्रमकै अबसर पारेर वडा ६ र ७ मा को उत्कृष्ट हेर्नका लागि डेमो खेल समेत खेलाईएको थियो।जसमा दुबै टिमबाट निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राईब्रेकरमा ५-४ को गोलान्तरले ६ बिजेता बनेको थियो।
आउँदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुन लागेको दिलमाया स्मृति कप फुटबल प्रतियोगिता झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा आयोजना गरिएको हो ।नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७-७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् ।
२८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने खेल व्यबस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारि ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।
खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ।त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ।