शरणामती,असोज १४।आउँदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुन गइरहेको “दिलमाया स्मृति कप फुटबल प्रतियोगितामा” झापा गाउँपालिकाबाट वडा नम्बर ६ र ७ छनौट भएका छन।गत मंगलबार देखि जारी छनौट खेलमा यी दुई टिम फाइनलमा प्रबेस गरे सँगै दिलमाया स्मृति कपमा सिट सुरक्षित गरेका हुन।
आज बिहिबार भएको खेलमा वडा ६ ले ५ लाई जित्दै दिलमाया स्मृति कपमा आफ्नो सिट सुरक्षित गर्न पुगेको छ।निर्धारित समयमा गोलरहित बराबरी भएपछी ट्राइब्रेकरमा वडा ६ ले ७-६ को गोलान्तरले ५ माथी बिजय हासिल गरेको थियो।
त्यस्तै बुधबार वडा ७ ले वडा ३ लाई १-० को गोलान्तर पराजित गर्दै बिजयी बनेको थियो।यो सँगै फाइनलमा प्रबेस गर्ने यी दुई टिम दिलमाया स्मृति कपमा भाग लिन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राइले बताए।
झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७-७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् ।
२८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने खेल व्यबस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारि ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।
खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ।त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ।