शरणामती,असोज १३।झापाको क्षेत्र नम्बर-४ स्थित २८ वडाहरुका बिच आयोजना हुन लागिरहेको “दिलमाया स्मृती कप फुटबल प्रतियोगिता” को छनौट खेल झापा गाउँपालिकामा मंगलवार देखि सुरु भएको छ।झापा-७ को जनकल्याण माविको खेल मैदानमा जारी छनौट प्रतियोगितामा आज बुधबार दुई खेल सम्पन्न भएका छन।
समूह “ए” अन्तरगत झापा गाउँपालिका वडा ६ र ४ बिच भएको पहिलो प्रतिस्पर्धामा वडा ६ ले ३-२ को गोल अन्तरले ४ लाई पराजित गरेको छ। ६ का तर्फबाट ८ नम्बर जर्सीका मिलन ताम्लीले पहिलो गोल लगाएर टिमलाई अग्रता दिलाए संगै पुन: कैलास कटुवाल र सुजन पौडेलले १/१ गोल थप्दै तीन गोल बनाएका थिए।यता वडा ४ का तर्फबाट उत्कृष्ट खेल खेल्दा पनि हार टाल्न सकेनन। ४ का जयराम मुर्मु र तस्लिम मुदिम सेकले १/१ लगाएर वडा ६ लाई जम्मा दुई गोल फर्काएका थिए।
त्यस्तै समूह “बि” अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा ३ लाई १-० को गोलान्तर पराजित गर्दै दिलमाया स्मृति कपको अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ।वडा ७ का जर्सी नम्बर १० का नरेस मुर्मुले पहिलो गोल लगाएर टिमलाई अग्रता दिलाए संगै यही गोल निर्णायल गोल बनेको थियो।यता वडा ३ शुन्यमै स्तब्ध बनेको थियो।
त्यस्तै भोली वडा ५ र वडा ६ बिच छनौट खेल हुनेछ।खेलमा अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृति कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले कनकाई अनलाइनलाई बताए।यसरी नै क्षेत्र नं-४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन।कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृति कपमा ८ टिम सहभागी हुन पाउने छन।
क्षेत्र नं-४ का संघिय सांसद एलपी सावाँ लिम्बुले आफ्नी माता स्व.दिलमाया लिम्बुको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो।प्रतियोगिता आयोजनाको जिम्मा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटिले गर्नेछ।प्रतियोगिता आउदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने खेल व्यवस्थापन समितिका संयोजक गजेन्द्र ताम्ली लिम्बुले बताए।
खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ।त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ।