फाइल फोटो।शरणामती,असोज ११।झापाको क्षेत्र नम्बर-४ स्थित २८ वडाहरुका बिच आयोजना हुन लागिरहेको “दिलमाया स्मृती कप फुटबल प्रतियोगिता” को छनौट खेल झापा गाउँपालिकामा १२ गते देखि हुने भएको छ।
झापा गाउँपालिकामा रहेका ७ वडा बिच छनौट खेल हुनेछ।खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृती कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले कनकाई अनलाइनलाई बताए।यसरी नै क्षेत्र नं-४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन।कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृती कपमा ८ टिम सहभागी हुन पाउने छन।झापा गाउँपालिकाबाट ७ वडा मध्ये अन्तिम दुई टिम छनौट गर्न झापा-७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता गराइने राईले जानकारी दिए।
क्षेत्र नं-४ का संघिय सांसद एलपी सावाँ लिम्बुले आफ्नी माताको स्व.दिलमाया लिम्बुको स्मृतिमा सावाँ परिवारको प्रायोजन तथा संरक्षणमा सो कप आयोजना गरिएको हो।प्रतियोगिता आयोजनाको जिम्मा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटिले गर्नेछ।प्रतियोगिता आउदो कार्तिक ८ गते देखि शिवसताक्षीमा हुने बताइएको छ।
खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ।त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ।