Kanakai Online

कांग्रेस १४ औ अधिवेशन, कनकाईमा पनि प्रसाई र घिमिरे पक्षविच भीडन्त


आइतवार, असोज १०, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाको कांग्रेस अधिवेशनमा समेत दुई पक्षिय भीडन्त हुने भएको छ ।
लामो समय सर्वसम्मत नेतृत्व हुने आंकलन गरिएपनि दुई पक्षविचमा पदाधिकारीमा कुरा नमिल्दा दुवै पक्षबाट पदाधिकारी सहित निर्वाचनमा होमिएसगै कनकाईमा चुनाव हुने भएको हो ।
अध्यक्षमा यसअघिका सचिव समेत रहेका दुर्गा प्रसाई र लामो समय शिक्षण पेशामा समेत रहनुभएका पुराना नेता प्रल्लाद घिमिरे विच प्रतिस्पर्धा हुने भएको छ ।
दुबै जनाले आआफ्नो प्यानल बनाएरै निर्वाचनमा होमिएका हुन ।
दुर्गा प्रसाई प्यानलबाट उपाध्यक्षमा सन्तोस रायमाझि र सुर्य थापा रहनुभएको छ भने सचिवमा रेणुप्रसाद कडेल र दिपक खतिवडा र सहसचिवमा उदित दाहाल र धर्मलाल राजवंशी रहनुभएको छ । यता घिमिरे प्यानलमा उपसभापतिमा नविन बस्नेत र तेजप्रसाद गिरी सचिवमा अर्जुन बोहोरा र हरि फुयाँल रहनुभएको छ भने सहसचिवमा डम्बर घिमिरेमात्रै रहनुभएको छ अर्को सहसचिव भने घिमिरे प्यानलले खाली छाडेको छ । कोषाध्यक्ष पद भने पछि छनौट हुने प्रावधान कांग्रेसमा रहेको छ । अन्य सबै सदस्य पदमा भने सर्वसम्मत भएको नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि समेत रहेका पत्रकार डिल्लीराम घोर्साईले बताउँनुभयो । अहिले ८ बजेदेखि कनकाई उद्योग बाणिज्य संघको हलमा निर्वाचन भइरहेको छ । १८६ जना प्रतिनिधि मतदाता रहेको निर्वाचन दिउसो १ बजेसम्म चल्ने छ ।