कनकाई अनलाईन
झापा जिल्लाका प्राय सबै पालिका शिल गरिएपनि लागुऔषधको कारोवार र ओसारप्रसारका घटना वढ्दै गएको छ ।
बिहिवार दिउसो साढे तीन बजे जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले मेचीनगर नगरपालिका ९ लीलावस्तीमा लागुऔषध ब्राउन सुगर किनवेच गरिरहेको अवस्थामा ३४ ग्राम ब्राउन सुगर र नगद सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मेचीनगर नगरपालिका १ बस्ने २६ बर्षिय सरोज भुजेलले बोकेको झोलाभित्र ३४ ग्राम ब्राउन सुगर र नगद २ लाख ४७ हजार ५ सय रुपैँया उनले प्रयोग गरेको मे ४ प ४०९७ नम्बरको एकथान मोटरसाईकल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउँनुभयो ।
यसैगरि ब्राउन सुगर खरिद गर्न आउने अर्का सोही स्थानका ३५ बर्षिय निर्मल भुजेललाई समेत नगद तीन हजार ५ सय सहित मे ६ प ३२१३ नम्बरको मोटरसाईलक समेत वरामद गरेको थापाले बताउँनुभयो । ब्राउन सुगर र नगद सहित प्रक्राउ परेको दुबैलाई म्याद थप गरि थप कार्वाहीको प्रक्रिया अगाडि वढाइएको प्रहरी प्रवक्ता थापाले बताउँनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा