कनकाई अनलाईन
जिल्ला प्रशासन कार्यालय झापाले झापामा लकडाउन केहि खुकुलो पारेपनि स्थानिय पालिकाहरुले भने धमाधम पालिका शील गर्न थालेका छन ।
झापा जिल्लाका आधा पालिकाहरुले आआफ्नो पालिका शील गरेका छन ।
पालिाकामा कोरोना संक्रमणको जोखिम वढेसगै झापाको कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले समेत केही वार्डलाई शिल गरेको छ भने बुद्धशान्ति गाउँपालिकाले समेत पुर्ण शील गरेको छ । मेचीनगर नगरपालिका र गौरादह नगरपालिका समेत शील गर्ने तयारीमा पुगेको नगरप्रमुखहरुले बताएका छन । सम्बन्धित पालिकाहरुले शील गर्ने कुरालाई जिल्ला प्रशासन कार्यालय झापाले समेत अनुमोदन गरिसकिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिम्सिनाले बताउँनुभयो । डिसीसीएमसीको वैठकले समेत कोरोनाको जोखिम हेरेर सम्बन्धित पालिकालाई शील गर्ने अधिकार प्रदान गरेको तिम्सिनाले बताउँनुभयो ।
झापामा पछिल्लो पटक कोरोना संक्रमणको दर उच्च भएसगै सम्बन्धित पालिकाहरुले अधिकार प्रयोग गरि औषधि पसल वाहेकका सबै सेवा तथा व्यावसाय बन्द गर्दै आएका छन । पुर्व पश्चिम सडकमा भने सार्वजनिक यातायातका साधन चलेका छन ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या