कनकाई अनलाईन
काठमाडौं, साउन १२ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक बोलाइएको स्थायी कमिटी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
बैठकमा सकारसँग जोडिएका विषयहरु, पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भएको उहाँले बताउनुभयो । साथै सरकारमा जाने मन्त्रीहरुको नाम प्रधानमन्त्रीले माग्नु भएपछि टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।
यसअघि साउन ७ गते बसेको बैठकले साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो । त्यस्तै आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । भेटपछि अध्यक्ष दाहालले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाउनुभएको थियो ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या