कनकाई अनलाईन
नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनका लागि कनकाई नगरपालिकाको राजधानी मानिने कनकाई नगरपालिका ३ को वडासभापतिमा यस क्षेत्रका युवा व्यावसायी तथा तरुण दलका कनकाई नगर अध्यक्ष तुलसी बिमलीले उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
पार्टीको अधिवेशनको मिति नजिकिर्द गर्दा कनकाई अनलाईनमार्फत बिमलीले वडासभापतिका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो ।
पार्टीलाई नयाँ स्पीडडमा लैजानका लागि पनि सबै उमेर र समुहका आम नेता कार्यकर्ताहरुको सल्लाहमा मैले उम्मेद्धारी दिने निर्णय गरेको हु । बिमलीले भन्नुभयो । जिल्लामा समेत कृष्ण सिटौला र विश्वप्रकाश प्यानल बनाएरै निर्वाचनमा होमिरहेको वेला यसको असर कनकाई नगरको वार्ड तहसम्म पनि पुगेको छ । कनकाई नगरका केहि वार्डहरुमा एउटै समुहका दुई जना उम्मेद्धार हुदा समेत नेतृत्वलाई मिलाउन सकस परिरहेको छ ।
यसअघिनै कनकाई नगरपालिकाको एक नम्बर वार्डमा समेत मनोज बस्नेतले वडासभापतिको उम्मेद्धारी घोषणा गरि निर्वाचनको प्रचारमा निस्किसकेका छन त्यहाँका दुबै उम्मेद्धार एउटै प्यानलका परेकोले समेत सकस भएको छ ।
वार्ड नम्बर ३ मा अर्का उम्मेद्धार यसअघिकै वडासभापति यदुनाथ अधिकारी बन्ने चर्चा कार्यकर्तामाझ बनेको छ ।
कनकाई नगरपालिकामा यसवर्ष नयाँ सदस्यको वाढी लागेको छ । पुराना पार्टी सदस्यभन्दा नयाँ सदस्य वढीले निर्वाचनमा भाग लिने भएसगै पुराना भन्दा पनि नयाँ सदस्यलाई जसले आफुतिर तान्न सक्छ उसैले यो चुनाव जित्ने निश्चित छ । आजसम्मका पुराना सदस्यको सङ्ख्या ७९८ जना रहेकोमा एकाएक नयाँ सदस्यमात्रै कांग्रेसले ९१५ जना वितरण गरेको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा