कनकाई अनलाईन
कनकाई नगरपालिका ४ सिंहदेवि आधारभुत विद्यालय छेउका एकजना ४१ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
यो सगै सुरुङ्गा क्षेत्रमा एक्कैदिन ४ जनाको मृत्यु भएको छ । यो सङ्ख्या हालसम्मकै सबैभन्दा वढी हो । हालसम्म कनकाईमा २८ जनाको कोरोनाका कारण निधन भइसकेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । लकडाउन खुकुलो भएसगै कनकाईमा कोरोना कहरले मानिसको मृत्युको सङ्ख्या बढाएको छ । पछिल्लो समय सुरुङ्गामा कोरोनाका कारण मर्ने सबै युवा समुहका रहेका छन । कनकाई नगरपालिकाले कोरोनाकहरबाट मर्ने परिवारका लागि जनही २० हजार रुपैँया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ भने नगरपालिका र जनस्तरबाट संचालनका लागि अक्सिजन प्लान्टको समेत तयारी जारी राखेको छ ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला