कनकाई अनलाईन
लकडाउन खुकुलो बनाएसगै झापाको कनकाई नगरपालिकामा एक्कैदिन ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
कनकाई नगरपालिका ४ का २९ बर्षिय पुरुष, सोही वार्डकी ३३ बर्षिय महिला र कनकाई ५ नम्बरकी ३७ बर्षिय कोरोना संक्रमित महिलाको एकसाथ मृत्यु भएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
२९ बर्षिय पुरुषको शनिवार राती ८ बजे बिर्तासिटी अस्पताल बिर्तामोड, ३३ बर्षिय महिलाको शनिवार राती ८ बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र ३७ बर्षिय महिलाको शनिवार राती ११ बजे बिर्तासिटी बिर्तामोडमै मृत्यु भएको अधिकारीले बताउँनुभयो ।
हालसम्म कनकाई नगरपालिकामा कोरोना संक्रमित २७ जनाको मृत्यु भईसकेको कोरोना फोकल पर्सन अधिकारीले बताउँनुभयो । यता कनकाई नगरपालिकाले कोरोनाबाट मृत्यु हुने परिवारलाई जनही २० हजार रुपैँया दिने निर्णय गरेको छ । नगरपालिकाले लकडाउन कडा या नगरका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन पहल गर्नुपर्नेमा आवाज उठन थालेको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम