कनकाई अनलाईन
समाजसेवी युवा क्लव कचनकवलद्वार कोभिड –१९ को पहिलो चरण र हालको दोस्रो चरण को महामारीको लहरमा प्रदेश न.१ कै हटस्पटको रुपमा रहेको कचनकवलमा अग्र पंक्तिमा अहोरात्र खट्नुहुने स्वास्थकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ । स्वास्थ्यकर्मीका रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी कचनकवल स्वास्थ्य शाखा प्रमुख जगेश्वर प्रसाद यादवलाई कदर पत्र, खादा, अविरसहित सम्मान गरिएको छ । कोभिडको महामारीको बाकी युद्धमा उहाँहरुलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो आयोजकले जनाएको छ ।
आज “समाज सेवि युवा “कचनकवल परिवारले कोभिड –१९ को पहिलो चरण र हालको दोश्रो चरण को महामारीको लहरमा अग्र पंक्तिमा अहोरात्र खटने यादव सहित स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,सफाइकर्मी ,एम्बुलेन्स चालकलाई एकसाथ सम्मान गरिएको हो । स्वास्थकर्मी महेश्चन्द्र नेपाल, बिजय झा, नवीन मिश्र, नरायण निरौला, स्मृति पाण्डे, पुण्य बराल लगायत सम्मानित हुनुभएको हो । समाजसेवी युवा कचनकवलका अध्यक्ष सोम चम्लागाईको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी तिर्थ दाहालको प्रमुख आतिथ्यतामा सम्मान गरिएको समाजसेवी भक्त विकले बताउँनुभयो । कचनकवल कोरोना महामारीको सुरुवाती वेलादेखिनै हटस्पर्ट बन्दै गएको स्थान हो ।