कनकाई अनलाईन
दुबै मृगौला बिग्रिएर मृत्यु वरण गरेकी कनकाई नगरपालिका ३ रेडक्रस टोलकी ३१ बर्षिय सुधा दर्जी ( यसोदा)को परिवारलाई कारितास नेपालले २५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
सुधाको घरमै पुगि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कारितास नेपालस्थित सुरक्षित वैदेशिक रोजगारी परियोजना अधिकृत हिमालयन अधिकारी, परियोजनाका कनकाई नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक विवेश शिवाकोटी , कनकाईका सामाजिक परिचालक होमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले दुखद अवस्थामा रहेको दर्जी परिवारमै पुगि उक्त रकम हस्तानतरण गर्नुभएको हो । कारितास जर्मनको सहयोगमा उक्त रकम सहयोग गरिएको परियोजना अधिकृत अधिकारीले बताउँनुभयो ।
कारितास नेपालले कनकाई नगरपालिकाको समन्वयमा कनकाईका ३ वटा वार्डहरुमा सुरक्षित रोजगारी परियोजना संचालन गर्दै आएको छ । सुधाका श्रीमान प्रकाश दर्जी केहि बर्ष अगाडि रोजगारीका लागि साउदी अरबमा भेडा चराउने काममा जानुभएको थियो । अप्ठ्यारो काम भएकोले एक बर्षमै स्वदेश फर्कनुभएका प्रकाश गाउँमा जुत्ता सिलाउने काम गरि ३ छोरा र श्रीमतीको लालन पालन गर्दै आउनुभएको थियो । आफ्नी श्रीमतीको समेत दुबै मृगौला बिग्रिएर मृत्यु भएपछि श्रीमतीको उपचारका क्रममा आफ्नो परिवारमा ठुलो ऋण लागेको प्रकाशका दाजु प्रेम दर्जीले बताउँनुभयो । सुरक्षित रोजगारीमा जानका लागि युवालाई सहयोग र सल्लाह दिने तथा समस्यामा परेका वैदेशिक रोजगारीबाट फर्केका परिवारलाई समेत सक्दो सहयोग गर्दै आएको सुरक्षित वैदेशिक रोजगारी परियोजनाका कनकाई नगरपालिकाका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाले अव चाडै मृगौला रोगीको डाइलासिसका लागि मेशिन राख्ने तयारी थालेको जानकारी दिनुभयो ।
Trending
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु