कनकाई अनलाईन
अन्नको भण्डार मानिने झापामा यो बर्षको असार मसान्तसम्ममा ७५ प्रतिशत जमिनमा धान रोपाईँ भएको छ ।
मनसुन चाँडै सक्रिय भएका कारण गतबर्षको तुलनामा यो बर्ष असार मसान्तसम्ममा धेरै क्षेत्रफलमा रोपाईँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
गतबर्ष यस अवधिमा ६२ प्रतिशत जमिनमा रोपाईँ भएको थियो । समयमा मनसुन शुरु भएका कारण पानीको अभाव नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त पानी भएपनि उत्पादनले मुल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले बताउनुभयो ।
उहाँले यो बर्ष धान खेतीमा लागत झन बढेको समेत बताउनुभयो । ‘धान रोप्नका लागि मेशीन छैन, भट्टराईले भन्नुभयो –‘कामदार लगाएर रोप्दा गतबर्ष ५ सय रुपैंयाँ दैनिक ज्याला लाग्ने गरेकोमा यो बर्ष ६ देखि ८ सयसम्म लागत पुगेको छ ।’ उहाँले एक बिगाहा क्षेत्रफलमा अहिले चलेको दर अनुसार खेती गर्दा ३५ देखि ४० हजार रुपैंयाँसम्म खर्च हुने गरेको बताउनुभयो । तर, उत्पादनले उचित मुल्य नपाउँदा किसान खेतीप्रति आकर्षित हुन नसकेको भट्टराईको भनाई छ ।
झापामा यो बर्ष धानका लागि मलको अभाव नहुने समेत कृषि ज्ञान केन्द्रले जनाएको छ । गोदाममा पर्याप्त मल स्टक रहेको हुनाले यो बर्ष मलको अभाव नहुने भएको हो । मल अभावमा गतबर्ष किसानले लगाएको धान धेरै ठाउँमा अपेक्षाकृत उत्पादन भएको थिएन । झापामा ८५ हजार ७५० हेक्टर जमिनमा धानवाली लगाइने गरिएको छ । जिल्लामा ४ लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक ज्ञान केन्द्रसँग छ ।
फोटो ः झापाको कनकाई नगरपालिका ४ मा धमाधम रोपाई गर्दै कृषकहरु
Trending
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान