Kanakai Online

सशस्त्रले खोलामा फेला पार्यो सोमबार देखि वेपत्ता राईको शब


बुधवार, असार २३, २०७८ |

शरणामती,असार २३।झापा गाउँपालिका-२ स्थित सडकबारीको सानो माई नदिमा एक व्याक्ती मृत फेला परेका छन।झापा-२ सडकबारी बस्ने ५१ वर्षीय बिष्णु बहादुर राई मृत फेला परेका हुन।

प्रहरीका अनुसार राई गत सोमबार देखि घर देखि वेपत्ता भएका थिए।राईका परिवारले स्थानिय प्रहरीलाई राईको खोजी गरिदिन आग्रह गरेका थिए।टाघनडुब्बा सशस्त्र प्रहरी प्रमुख सचिन प्रधानको कमाण्डमा रहेको टोली र इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले आज दिउँसो अन्दाजी २.४५ बजे राईलाई नजिकैको सानोमाई नदीमा डुबेको अबस्थामा मृत फेला पारेका छन।

मृतक राईका बारेमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर