कनकाई अनलाईन
कनकाई १ की दुबै मृगौला फेल भएकी ४६ बर्षिय रेणुका दर्जीको हिजो राती ११ बजे डाइलेसिसका क्रममा मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।
सरकारले निशुल्क डाइलोसिसको सस्तो नारा लगाएपनि निशुल्क डाइलेसिस सेवा नदिएको भनी कनकाई अनलाईनमार्फत कनकाई साप्ताहिक, गोरखापत्र दैनिक, थाहा खबर अनलाईन , नयाँ पत्रिका दैनिक , पुर्वाञ्चल दैनिक लगायात देशका विभिन्न संचार माध्यममा समाचार प्रकाशनमा आएपछि उनी लगायात अर्की कनकाईकी दुबै मृगौला बिग्रिएकी कनकाई ३ की सुधा दर्जी समेतको निशुल्क डाइलेसिस सेवा सुरु गरिएको थियो तर विडम्बना रेणुकाको निशुल्क डाइलेसिस सेवा सुरु गर्नुपर्ने दिननै कोरोना पोजेटिभ देखा पर्यो र उनको निशुल्क डाइलेसिस हुन पाएन । पहिले हरेक पल्टको ९ हजार रुपैँया तिरेर मनोमोहन सामुदायिक अस्पतालमा डाइलेसिस गराई रहेको रेणुका कोरोना नेगेटिभ रिर्पोट आएपछि निशुल्क डाइलेसिस गर्ने सर्तमा मेची प्रादेशिक अस्पतालमा हरेक पटकको ३ ओटा पिपिई सेट खरिद बिरामी आफैले गरिदिने सर्तमा हप्ताको दुई पटक रकम तिरेर डाइलेसिस सुरु गरिएको थियो तर रेणुकाका परिवारले रिन खोजेरै भएपछि डाइलेसिसको रकम त जोहो गर्नुभयो तर रेणुकाले कोरोनालाई जित्न सक्नु भएन ।
रेणुकाको जीवन बचाउन कनकाई अनलाईनको माध्यमबाट, दिनानाथ खतिवडा, पाथिभरा परोपकार समाज कनकाई ३, कनकाई मावि एसएसलसी ब्याज २०५७, लायन्स क्लव कनकाई सुरुङ्गा लगायात छरछिमेकले समेत सहयोग गरेका थिए तर मृगौला बिग्रिएर थला परेकी रेणुकालाई त्यहि रोग भारी भइरहेको बेला कोरोना समेत लागेपछि त्यो भारी पर्यो ।
रेणुकाको आजै कननकाई माईमा अहिले दाह सस्कार गरिदै छ । उहाँका श्रीमान अर्जुन दर्जी एक छोरा र २ छोरी रहेकी छन ।
Trending
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा
- केराखेतीलाई ढुवानीको साधन
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु