कनकाई अनलाईन
कोरोना संक्रमणका कारण लक्ष्मी फोटो स्टुडियोका संचालक तथा पुर्व संचारकर्मी समेत रहेका रोषन थापाको निधन भएको छ ।
कनकाई नगरपालिका ४ निवासी २९ बर्षिय थापाको हिजो राती साढे १२ बजे उपचारका क्रममा नोबेल मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो ।
थापालाई गत जेठ ३१ गते कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि सुरुङ्गास्थित कनकाई नगर अस्पतालको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर लगिएको हो । थापा सुरुङ्गा क्षेत्रका चर्चिच फोटो ग्राफर समेत रहेका थिए । उनी १५ बर्ष अगाडि केहि बर्ष पूर्वाचल दैनिकमा आवद्ध रहेर सुरुङ्गा क्षेत्रमा पत्रिका व्यावस्थापनको काम समेत काम गरेका थिए ।
कोरोनाकै कारण सुरुङ्गा क्षेत्रमा गत आइतवार थप २ जनाको समेत निधन भइसकेको छ यो सगै कनकाई नगरपालिका क्षेत्रमा कोरोना संक्रमित २० जनाको मृत्यु भइसकेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो ।
पछिल्लो समयको कोरोनाले कुनै दिर्घ रोग नभएको र युवा अवस्थाकाका समेत मृत्यु हुन थालेपछि लक डाउन खुकुलो पारिएपछि थप मानवीय क्षति हुने अधिकारीले बताउँनुभयो । आफै सर्तक नरहने हो भने ज्यान जोगाउन मुस्किल छ त्यसैले स्वास्थ्य सतर्कता अपनाउनु होला अधिकारीले कनकाई अनलाईनलाई भन्नुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी