कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि रोटरी क्लव अफ सुरुङ्गाले २ लाख ३५ हजार ९९ रुपैँया सहयोग रकम हस्तानतरण गरेको छ । रोटरीका संस्थापक अध्यक्ष एलपी उप्रेती, निर्वतमान अध्यक्ष कुमारमणि पोखरेल अध्यक्ष टिका जम्मरकट्टेल लगायातको समुह नगरपालिका पुगि नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्ज प्रसाईलाई उक्त रकम प्रदान गर्नुभयो । सोहि अवशरमा रोटरीले १ थान अक्सिजन कन्सनट्रेटर समेत उपलब्ध गराएको थियो । रोटरीयन शिव कडेँलले संचालन गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका देशकै सानो नगरपालिका भएपनि देशकै मनकारी र सहयोगी नागरिकहरुको वढी बसोवास भएको ठाउँ भएको बताउँनुभयो । नगरप्रमुख पोेखरेलले कनकाईले झापा जिल्लाभरका नागरिकहरुलाई अक्सिजन उपलब्ध गराउने अभियानमा रहेको समेत जानकारी दिनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी