मन्जिल नेपाल
दुधे,जेठ २८।कोरोनाका कारण गरिएको निशेधाज्ञाले दैनिक हातमुख जोड्न समस्या भएको भन्दै झापाको शिवसताक्षी नगरपालिकाका एक सय जना विपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।शुक्रबार एक कार्यक्रमका बिच किरात याक्थुङ्ग चुम्लुङ ईजरायलका नेपाली दाताहरुको सहयोग तथा किरात याक्थुङ्ग चुम्लुङ शिवसताक्षी १० को आयोजनामा खाद्यान्न सामग्री वितरण गरिएको हो ।
चुम्लुङ्गले नगरका सरदारे, टेक्रा, किरात चोक, शैनिक बस्ती, दोमुखा लागायतका स्थानमा रहेका अति बिपन्न, एकल महिला तथा शारीरिक रुपमा अशक्त भएका व्यक्तिको परिवारलाई प्राथमिकतामा राखेर खाद्यान्न सामग्री ( चामल, दाल, नुन, तेल) बितरण गरिएको किरात याक्थुङ्ग चुम्लुङ शिवसताक्षी १० का अध्यक्ष बालकृष्ण चेमजोङ्गले बताउनुभयो । किरात याक्थुङ्ग चुम्लुङ ईजरायलबाट नुमा काङ्ग्भा, भीषण सावाँ, गिता तुम्बाम्फे,गम्भीर तुम्बापो लगायतको संयोजकत्वमा रकम संकलन गरिएको थियो । निशेधाग्या थप भएमा राहतका थप कार्यक्रम गरिने चुम्लुङ्ले जनाएको छ । चुम्लुङ्गले प्रहरी बिट माईधारका शुरक्षाकर्मिहरुलाई समेत स्वास्थ सामग्री माक्स, सेनिटाईजर प्रदान गरेको छ । सो सहित चुम्लुङ्गले २ लाख बराबरको खाधान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो । खाधान्न बितरण कार्यक्रममा स्थानीय समाजसेवी नन्दराज योङ्घाङ्ग, कैलाश शिखर फाउन्डेसनका कैलाश शिखर, पुष्प पौडेल, पदम कुवर लगायतको उपस्थिती रहेको थियो ।