कनकाई अनलाईन
लकडाउनका बेला खाद्यान्न अभाव झेलिरहेका कनकाई नगरपालिका ३ सुरुङ्गाका दुई जना विरामीको परिवारलाई कनकाई माविको २०५७ ब्याजका भुतपुर्व विद्यार्थी समाजबाट आज खाद्यान्न सहयोग भएको छ ।
अस्वाभाविक पेट फुलेर जीवन मरणरमा रहनुभएका कनकाई ३ एकान्तटोलका ४५ बर्षिय प्रकाश बुडाथोकी र लडेर ओछ्यानमै थलिनुभएका गाडी स्टाप कनकाई ३ कालिस्थान निवासी लक्ष्मण रम्तेलको परिवारलाई चामल,नुन,तेल,दाल, चिनि,साबुन लगायातका अत्याश्वकीय खाद्य सामाग्री प्रदान गरिएको कनकाई भुतपुर्व विद्यार्थी समाज २०५७ का अध्यक्ष दुर्गा भण्डारीले बताउँनुभयो । भण्डारीको नेतृत्वमा व्यावस्थापक प्रकाश पाठक र पत्रकार लीलाराज झापाली समेतको टोलीले यसअघि समेत दुबै मृगौला बिग्रिएर थलिनुभएकी कनकाई नगरपालिका १ की मेनुका दर्जी लगायातको घरमा पुगेर समेत राहत वितरण गरेको छ । भने कनकाई नगरपालिकाद्धारा स्थापना हुन गइरहेको अक्सिजन प्लान्ट निर्माणका लागि ४२ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
विद्यार्थीहरुको फेसबुक म्यासेन्जरबाटै हालसम्म १ लाख ५ हजार रुपैँया भन्दा वढी रकम संकलन भइसकेको अध्यक्ष दुर्गा भण्डारीले बताउँनुभयो ।
विद्यार्थीको यस कार्यबाट अन्य व्याक्ति तथा समुदायमा समेत सामाजिक कार्य गर्न थप हौसला मिलेको स्थानीय लक्ष्मी ओडारीले बताउँनुभयो ।
Trending
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी