केशब चापागाईं
शरणामती,जेठ २७।झापा सशस्त्र प्रहरीलाई पछिल्लो समय एकपछी अर्को सफलता मिलेको छ।
कचनकवलमा रहेको घेराबारी बोर्डर आउट पोष्टले गत मंगलबार एकैदिनमा तीन स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ गरे लगत्तै बिहीवार टाघनडुब्बा बोर्डर आउट पोष्टले पुन:नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा झापा गाउँपालिका-४ का १८ वर्षीय दिलशाद आलम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बिओपी प्रमुख सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको कमाण्ड रहेको टोलीले बेलुका ४ बजे झापा-४ को बेलौतीबारीमा रहेको नेपाल-भारत सिमाको १३३ पिलरको दसगजा क्षेत्रमा आलमलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट २३.०५ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको निरिक्षक प्रधानले बताए।
लागुऔषध सहित पक्राउ परेका आलमलाई आवश्यक करबाहीका लागि इलाका प्रहरी कर्यालय कुमरखोदमा बुझाइएको छ।