कनकाई अनलाईन
कनकाई नगरपालिका ३ एकान्तटोलका ४५ बर्षिय प्रकाश बुडाथोकीको अस्वाभिव रुपमा पेट बढन थालेपछि उहाँको जीवन संकटमा परेको हो ।
आर्थिक अवस्थाका नाममा आफुसग भएको ७ धुर जमिन समेत बिक्रि गरिसकेपछि रोग निको नभएपछि उपचारका लागि आर्थिक सहयोग गर्न सबैसग बुडाथोकीले अनुरोध गर्नुभएको छ । कनकाई ९ घैलाडुब्बा घर बसोवास भएपनि आफ्नो जायाजेथा सकिएपछि हाल उहाँ कनकाई ३ एकान्तटोलमा ससुरालीमा श्रीमती सहित बस्दै आउनुभएको छ । श्रीमती समेत दमको बिरामी भएको र हाल हरेक दुई दिनमा भरीएको पेजको पानी तान्नु परिरहेको बुडाथोकीले बताउँनुभयो । पेट र लिभरको समस्या भएका बुडाथोकीको जीवन रक्षाका लागि सामाजिक अभियान्ता तथा ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेटवाल र स्थानीय युवा हरि कार्कीले अभियान संचालन गरिरहनुभएको छ । बुडाथोकीको हालमात्रै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएर ल्याइएको र कोरोना महामारी कम भएपछि ३ महिनामा डाक्टरहरुले अप्रेसनका लागि बोलाएको स्थानीय युवा तथा बुडाथोकी बचाउ अभियानकर्मी हरि कार्कीले बताउँनुभयो ।
बुडाथोकीको उपचारका लागि ज्ञानज्योती युवा क्लव लगायात स्वदेश तथा विदेशबाट सहयोग आउनेक्रम जारी रहेको नारायण भेटवालले बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी