कनकाई अनलाईन
कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि सभारम्भ सर्भिस ट्रेडर्स बिर्तामोड नगरपालिकाका संस्थापक अध्यक्ष सोवित प्रसाईले नगद ५० हजार रुपैँया सहयोग गर्नुभएको छ ।
कनकाई ३ निवासी प्रसाईले आफ्नी स्वर्गिय माता मधुमाया प्रसाई र काशीनाथ प्रसाईको स्मृतिमा उक्त रकम प्रदान गर्नुभएको हो । रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेललाई प्रदान गर्नुभएको हो ।
सुभारम्भ सर्भिस लामो समयदेखि अक्सिजन सिलिण्डर र ग्यासको क्षेत्रमा काम गर्दै आएको छ ।
कनकाई नगरपालिकाद्धारा कनकाई नगर अस्पतालमा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि २ करोड रुपैँया लाग्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा