कनकाई अनलाईन
कनकाई नगरपालिका ३ घरभई हाल साउदी अरबमा रहदै आउनु भएका कमल खरेल र उहाँकी श्रीमती अम्बिका खरेलले कनकाई नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्ट निर्माणका लागि ५० हजार रुपैँया रकम सहयोग गर्नुभएको छ ।
हाल साउदीमा रहनुभएका खरेल दम्पत्तीले कनकाई नगरवाशीको स्वास्थलाई ध्यानमा राखि नगरपालिकाद्धारा संचालनमा आउन लागेको अक्सिजन प्लान्टका लागि सहयोग गरेको बताउँनुभयो । खरेल प्रवासी नेपाली मंञ्चको सचिवालय सदस्य समेत रहनुभएको छ । भने अम्बिका कोटीहोम धार्मिक विकास संस्थाको सचिव रहनुभएको छ ।
खरेलले देश विदेशमा रहनुहुने सबै नेपाली मनहरुलाई कोरोनाको महामारीमा अतिआवश्यक पर्ने अक्सिजन प्लान्टका निर्माणका लागि सहयोग गर्नका लागि अनुरोध समेत गर्नुभएको छ ।
कनकाई नगर अस्पतालमा स्थापना हुन लागेको अक्सिजन प्लान्टका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १० लाख रुपैँया सहयोग गरिसक्नुभएको छ , २ करोड लागतमा बन्न लागेको अक्सिजन प्लान्टका लागि नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१ मा समेत रकम जम्मा गर्न सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभएको छ ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु