कनकाई अनलाईन
वढ्दो कोरोना कहर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै कनकाई नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट निर्माण सुरु गरेको छ ।
करिब २ करोड रुपैँया लागत लाग्ने उक्त अक्सिजन प्लान्टमा दैनिक ५० सिलिण्डर अक्सिजन भर्न मिल्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
उक्त अक्सिजन प्लान्टका लागि कनकाई नगरप्रमुख पोखरेलले आफ्नो सेवा सुविधाबाट नगदै १० लाख रुपैँया प्रदान गर्नुभयो । उक्त रकम कनकाई नगरप्रमुखले उपप्रमुख मन्जु प्रसाईलाई हस्तानतरण गर्नुभयो ।
नगरपालिकाले थप अन्य पदाधिकारी कर्मचारी , र नगरपालिकाको कोषबाट एक करोड रुपैँया र बाकी एक करोड रुपैँया अन्य नगरवाशी र दाताहरुबाट संकलन गरि ३ महिनाभित्र उत्पादन सुरु गर्नेगरि अक्सिजन प्लान्टको सुरुवात गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद नेउपानेले बताउँनुभयो ।
शनिवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कनकाई नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट नगरपालिकाभित्रमात्रै १३ जनाले ज्यान गुमाइसेकको र हालसम्म ६ सय ३० जनामा संक्रमण फेला परेको जानकारी दिनुभयो । हाल पनि २३८ जना नगरपालिकाभित्र संक्रिय संक्रमित रहेको समेत नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले गर्नुभएको थियो । कनकाई नगरपालिकाद्धारा उत्पादन गरिएको अक्सिजन आवश्यकताअनुसार अन्यत्र समेत विक्री गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
आजै १४ औ गणतन्त्र दिवश कार्यक्रम समेत पत्रकारहरुको माझमा शहिदहरुप्रति मौन धारण र शहिदको तस्वीर पुष्प गुच्छा अर्पण गरि मनाइएको छ ।
Trending
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन