कनकाई अनलाईन
गत फागुण २३ मा सर्वोच्चले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काईदिएपछि एमालेमै रहेर मन्त्री खाईरहेका राम बहादुर थापा सहित सात पूर्व माओवादी मन्त्रीले पुनः मन्त्री नियुक्त हुने आशमा अझै सरकारी निवास छाडेका छैनन् ।
गत जेठ ६ गते सर्वोच्च अदालतले सात मन्त्रीको नियुक्ति बदर गरेपछि हाल उनीहरु मन्त्री छैनन् ।
पूर्व गृहमन्त्री राम बहादुर थापा बादल, उर्जा मन्त्री टोप बहादुर रायमाझी, वाणिज्य मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा तामागंले एक साता सम्म क्वार्टर खाली नगरेका हुन् ।
कोरोना संक्रमण, उपचार आदि विभिन्न कारण कतिपय मन्त्रीले देखाए पनि संसद विघटन पछि पुनः मन्त्रीमा नियुक्त हुने संभावनाका कारण केही मन्त्री क्वार्टरमै बसेको दाबी गरिएको छ ।
सेतका अनुसार बादल, भट्ट , रायमाझी लगायतले पुनः मन्त्रीमा नियुक्तिका लागि प्रधानमन्त्रीसँग लविगं गरीरहेका छन् । उनीहरुले पुरानै पूर्व माओवादी खेमाका अनुहारलाई मन्त्रीमा दोहोर्याउन माग गरेपनि प्रधानमन्त्रीले तीन जना भन्दा बढी दिन नसकिने भनेको उच्च स्रोतको दाबी छ ।
बादल समुहले कम्तीमा पाँच मन्त्रालय मागेको बुझिएको छ । तर प्रधानमन्त्रीले तीन वटा मात्रै दिने त्यसमा पनि सकेसम्म नयाँ मान्छे प्रस्ताव गर्न भनेको बुझिएको छ ।
त्यस्तो सन्देशपछि एमाले प्रवेश गरेका पूर्व माओवादी समुहका केही पात्रहरु मन्त्री बन्न बादल निवास देखि विभिन्न नेताहरुकोमा लविगं गर्दै हिँडेको सुत्रले जनाएको छ ।
यस पटक जसपा ठाकुर महतो समुह पनि सरकारमा सामेल हुने तयारी रहेको, सर्वोच्चले गर्ने फैसला कस्तो हुने भन्ने निश्चित नभएकाले प्रधानमन्त्रीले तत्कालै मन्त्रीपरिषद् विस्तार गरेका छैनन् ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो