कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रका ग्यारेजमा रहेको अक्सिजन सिलिण्डरहरु ग्यारेज संचालकहरुले कनकाई नगरपालिकास्थित कोभिड अस्पतालमा प्रदान गरेका छन ।
यहाँस्थित ग्यारेज संचालक अर्पण मगरको संयोजनमा सुरुङ्गाका ग्यारेजहरुमा रहेका ग्यास सिलिण्डरहरु कनकाईको कोभिड अस्पताललाई प्रदान गरेका हुन । यहाँको कनकाई इन्टरनेशन बिल्डर्स लगायातका उद्योगीहरुले प्रदान गरेको अक्सिजन ग्यास र कनकाई मावि भुतपुर्व विद्यार्थी समाज २०५७, दुर्गाप्रसाद उप्रेती, गणेश सुवेदी लगायातले दिएको अक्सिजन सिलिण्डरबाट कनकाईमा कोभिड अस्पताल संचालनमा ल्याइएको छ । सुरुङ्गाका ग्यारेज संचालकहरु आशिस दाहाल, माधव राजवंशी र दिलराज विकले आफ्नो ग्यारेजमा भएको अक्सिजन सिलिण्डरहरु कनकाईको कोभिड अस्पतालमा प्रदान गरेका हुन ।
कोभिड बिरुद्धको लडाईमा यस क्षेत्रका उद्योगपति र ग्यारेज संचालकहरुको सहयोगले नगरवाशीलाई ठुलो गुन लगाएको कनककाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी