कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गाका समाजसेवी तथा उद्योगपति ख्यामनाथ मिश्रले आफुसग भएको ३ थान अक्सिजन सिलिण्डर कनकाई नगरपालिकाद्धारा संचालित कोभिड अस्पताललाई दिनु भएको छ ।
मिश्रले विशेष कार्यक्रमविच नगरप्रमुख राजेन्द्रकुमार पोखरेलाई उक्त अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको हो । खुट्टाको अप्रेशनपछि घरमै आराम गरिराख्नु भएका मिश्रलाई यस अघि आफुलाई समेत कोभिड भएको र कोभिडका विरामीलाई अक्सिजनको कतिको जरुरत पर्छ भन्ने आफुलाई समेत महसुस भएकोले आफुसग घरमा रहेको अक्सिजन सिलिण्डर नगरको कोभिड अस्पताललाई प्रदान गरिएको मिश्रले बताउँनुभयो ।
कनकाई नगरपालिकाले नगर कोभिड अस्पताल संचालनमा ल्याएको र हाल २० वेडको् अस्पतालका लागि अझै केहि थान अक्सिजन सिलिण्डरको आवश्यकता परेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
Trending
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी